Kathmandu Press

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ पुग्यो 

काठमाडौं, फागुन २० : अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ । वासिङ्टन राज्यमा सोमबार थप ४ जनाको मृत्यु भएपछि मृतकको संख्या ६ प....

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ पुग्यो 
Hardik ivf

काठमाडौं, फागुन २० : अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ । वासिङ्टन राज्यमा सोमबार थप ४ जनाको मृत्यु भएपछि मृतकको संख्या ६ पुगेको हो ।

अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार वासिंगटनको किंग काउन्टी अस्पतालमा भर्ना भएकामध्ये ६ जनाको मृत्यु भएको हो । अमेरिकाका विभिन्न राज्यमा अहिलेसम्म संक्रमित हुनेको संख्या १ सय २ पुगेको छ ।

 संक्रमण फैलने दर उच्च भएपछि कोरोनाको महामारी रोक्न आवश्यक सबै उपाय अबलम्बन गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वास्थ्य अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

प्रकाशित मिति: ०७:३४ बजे, मंगलबार, फागुन २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्