Kathmandu Press

नेपालले मंगलबार यमनसँग प्रतिस्पर्धा गर्ने

नेपालले मंगलबार यमनसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं, मंसिर ४ : फिफा विश्वकप र एएफसी एसिया कपको छनोट चरणको दोस्रो खेलमा नेपालले मंगलबार यमनसँग प्रतिस्पर्धा गर्दैछ।

नेपाल र यमनबीचको खेल काठमाडौंको त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा मंगलबार साँझ ७ बजे सुरु हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।

Hardik ivf

फिफा वरीयतामा यमन १५६औं स्थानमा छ भने नेपाल १७३औं स्थानमा रहेको छ। नेपाली राष्ट्रिय फुटबल टिमले अर्को चरण पुग्न खेल जित्नेपर्ने भएकाले शतप्रतिशत दिएर खेल्ने जनाएको छ। सोमबार काठमाडौंमा आयोजित प्रि–म्याच कम्फ्रेन्समा प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले अंक जोड्न नेपाललाई उक्त खेल निकै महत्वपूर्ण रहेको बताए। यमन नेपालभन्दा बढी टिम रहे पनि सम्पूर्ण ध्यान खेलमा केन्द्रित गर्दै उत्कृष्ट खेल प्रदर्शन गर्ने उनले बताए ।

त्यस्तै कप्तान किरण लिम्बुले खेलका लागि राम्रो तयारी भएको र जित हासिल गर्नेगरि मैदान उत्रने बताए । घरेलुमा खेल खेल्न पाउँदा निकै उत्साहित रहेको र केहि दबाब हुनु स्वाभाविक रहेको उनले बताए।

छनोट चरणको पहिलो खेलमा नेपाल घरेलु टोली युएईसँग ४–० ले पराजित भएको थियो । यमनसँगको खेलका लागि एन्फाले साधारण पाराफिटतर्फ रु ४ सय र भिआइपी पाराफिटतर्फ रु १ हजार टिकट दर कायम गरेको छ । प्रतियोगिताको अनुमानित बजेट रु ७३ लाख ६८ हजार ४ सय रहेको एन्फाले जनाएको छ। 


((

प्रकाशित मिति: १५:४० बजे, सोमबार, मंसिर ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्