Kathmandu Press

एफ ए कपको क्वार्टर फाइनलमा आर्सनल 

काठमाडौं, फागुन २० : आर्सनल एफए कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । तेस्रो डिभिजनको पोर्ट्समाउथलाई दुई–शून्यले हराउँदै आर्सनल अन्तिम आठमा स्थ....

एफ ए कपको क्वार्टर फाइनलमा आर्सनल 

काठमाडौं, फागुन २० : आर्सनल एफए कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । तेस्रो डिभिजनको पोर्ट्समाउथलाई दुई–शून्यले हराउँदै आर्सनल अन्तिम आठमा स्थान बनाउन सफल भएको हो ।

पोर्ट्समाउथको मैदानमा भएको खेलमा आर्सनलका लागि सोक्रिटस पापास्थाथोपाउलस र इडी एनकेतियाले एक–एक गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा पापास्थाथोपाउलसले रेइस नेल्सनको पासलाई उत्कृष्ट भली प्रहार गर्दै आर्सनललाई अग्रता दिलाए ।

५१औँ मिनेटमा एनकेतियाले गोल गर्दै आर्सललाई दुई–शून्यको अग्रता दिलाए । आर्सनल एफ ए कपको क्वार्टन फाइनल पुग्ने पहिलो टिम बनेको छ । खेलमा पोर्ट्समाउथले एउटामात्र प्रहार पोस्टमा थियो, जसलाई आर्सनलका गोलकीपरले बचाएका थिए । 

प्रकाशित मिति: ०७:१४ बजे, मंगलबार, फागुन २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्