पोर्चुगलको लगातार १० औँ जीत
आइसल्याण्डलाई २–० ले हराउँदै पोर्चुगलले १० खेलमा १० औँ जीत हासिल गरेको हो । खेलको ३७ औँ मिनेटमा म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेजले बर्नार्डो सिल्भाको पासमा टोलीलाई अग्रता दिलाए ।काठमाडौं, कात्तिक ४ : पोर्चुगलले शत प्रतिशत नतिजा कायम राख्दै आफ्नो युरो २०२४ छनोट अभियान अन्त्य गरेको छ ।
आइसल्याण्डलाई २–० ले हराउँदै पोर्चुगलले १० खेलमा १० औँ जीत हासिल गरेको हो । खेलको ३७ औँ मिनेटमा म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेजले बर्नार्डो सिल्भाको पासमा टोलीलाई अग्रता दिलाए ।
दोस्रो हाफमा आइसल्याण्डका गोलकिपरले क्रिस्टियानो रोनाल्डोको प्रहारलाई बचाऊ गरेपछि रिकार्डो होर्टाले टोलीका लागि दोस्रो गोल गरे ।
गत जनवरीमा रोबर्टो मार्टिनेजलाई म्यानेजरमा नियुक्त गरेपछि सन् २०२३ मा पोर्चुगलले सबै खेल जितेको छ ।
प्रकाशित मिति: ०७:४७ बजे, सोमबार, मंसिर ४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एन्फा महिला लिगकाे अन्तिम चरणमा आर्मीको विजयी सुरुआतबिहीबार, पुस १८, २०८१
एन्फा महिला लिगको अन्तिम चरण बिहीबारबाटबुधबार, पुस १७, २०८१
दीपेन्द्रसिंह ऐरी बने ओमोडाको ब्रान्ड एम्बेस्डरसोमबार, पुस १५, २०८१
‘बक्सिङ डे’ टेस्टमा भारत पराजित, सिरिजमा अस्ट्रेलिया २–१ले अघि सोमबार, पुस १५, २०८१