Kathmandu Press

ग्रेट हिमालयले जित्यो यु–१९ दुई दिवसीय क्रिकेटको उपाधि 

काठमाडौं, फागुन १९ : नेपालमा पहिलो पटक आयोजना भएको यु–१९ दुई दिवसीय क्रिकेटको उपाधि आयोजक ग्रेट हिमालय एकेडेमीले जितेको छ। 

....

ग्रेट हिमालयले जित्यो यु–१९ दुई दिवसीय क्रिकेटको उपाधि 

काठमाडौं, फागुन १९ : नेपालमा पहिलो पटक आयोजना भएको यु–१९ दुई दिवसीय क्रिकेटको उपाधि आयोजक ग्रेट हिमालय एकेडेमीले जितेको छ। 

मुलपानी क्रिकेट मैदानमा सोमबार काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसिटिसी) माथि एक विकेटको रोमाञ्चक जित निकाल्दै ग्रेट हिमालयन च्याम्पियन बनेको हो। केसिटिसीले दिएको ११५ रनको लक्ष्य ग्रेट हिमालयले ५७ ओभरमा ९ विकेट गुमाउँदै भेट्टायो।

ग्रेट हिमालयलाई रोमाञ्चक जित दिलाउने क्रममा आयुष बस्नेतले सार्वधिक २४ रन बनाए भने अभिषेक बस्नेतले १९, रशिद खानले १८ रन बनाए भने संगीत बुढाथोकी र प्रशान्त सिंहले समान १६ रन बनाए।  

केसीटीसीका तिलक भण्डारीले सर्वाधिक ६ विकेट लिए। उनले २५.५ ओभरमा ४७ रन खर्चिए। यस्तै, सूर्य तामाङले र विपिन आचार्यले एक विकेट लिए। 

टस जितेर पहिले ब्याटिङ गरेको केसिटिसी पहिलो इनिङमा ८० रनमै अलआउट भएको थियो। उसका विवेक रानाले १८, निर्भिक पाठक १३ र सूर्य तामाङले ११ रन बनाए। ग्रेट हिमालयका अरियो पौडेलले ३ तथा मोहम्मद हुसेन, विवेक यादव र सोनु देवकोटाले समान २ विकेट लिए। 

सूर्य तामाङले ७ विकेट लिएपछि पहिलो इनिङमा ग्रेट हिमलाय पनि ६२ रनमै अलआउट भयो। उसका लागि सोनु देवकोटाले १४ र आयुषमान बम १३ रनको योगदान दिए। घातक बलिङ गरेका सोनुले १४.४ ओभरमा ३४ रन खर्चिए।

दोस्रो इनिङमा केसिटिसीले ९६ रन बनायो। उसका लागि राहुल भण्डारीले २७ रन बनाए भने विपिन आचार्यले १७ रनको योगदान दिए। ग्रेट हिमलायका रशिद खानले ५ विकेट लिए  

उपाधिसँगै ग्रटे हिमालयले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ। उपविजेता केसीटीसीले ७५ हजारमा चित्त बुझायो। केसिटिसीका सूर्य तामाङले सर्वोत्कृष्ट खेलाडी बन्दै २५ हजार रुपैयाँ प्राप्त गरे। 

यसैगरी, ग्रेट हिमालयका आसिफ सेख उत्कृष्ट ब्याट्सम्यान र केसिटिसीका तिलक भण्डारी उत्कृष्ट बलर बने। यस्तै, ग्रेट हिमालयकै ओरियो पौडेल इमर्जिङ प्लेयर घोषित भए।
 

प्रकाशित मिति: १९:५० बजे, सोमबार, फागुन १९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्