Kathmandu Press

जुत्तामा आचार्य थर राखेर मान मर्दन गरिएको भन्दै प्रहरीमा उजुरी दिने निर्णय

जुत्तामा आचार्य थर राखेर मान मर्दन गरिएको भन्दै प्रहरीमा उजुरी दिने निर्णय

काठमाडौँ, मंसिर ३ : आचार्य थरको मान मर्दन र होच्याउने गरी जुत्ता उत्पादन गरिएपछि उत्पादक कम्पनीका विरुद्ध आचार्य बन्धु समाज नेपाल केन्द्रीय समितिले प्रहरीमा उजुरी दिने निर्णय निर्णय गरेको छ। 

गर्ग गोत्री आचार्य समाजको काठमाडौँमा बसेको केन्द्रीय समिति बैठकले उक्त जुत्ता कम्पनीमाथि कारबाहीको माग राखेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा उजुरी दिने निर्णय गरेको हो। समाजका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यको अध्यक्षतामा बसेको वैठकले यस्तो निर्णय लिएको हो।

Hardik ivf

जुत्ता कम्पनीले सामाजिक सञ्जालमा भाइरल हुने गरी ‘बुष्ट’ समेत गरेर प्रचार प्रसार गरिरहेको छ। जुत्ता उत्पादक कम्पनी पत्ता लगाएर आचार्य थर हटाउन र कारबाही गर्न माग गरिने भएको छ। 

साथै उत्पादक कम्पनीलाई माफी मगाई हदैसम्मको कारबाही गर्न तथा क्षतिपूर्ति भराउन समेत माग गर्ने आचार्य बन्धु समाज वैठकको निर्णय भएको छ। प्रहरीमा उजुरी दिनका लागि अधिवक्ता मुक्ति आचार्यलाई जिम्मा दिइएको छ। उक्त कम्पनीले जुत्तासँगै टिसर्टमा पनि आचार्य नाम राखेको छ।
 

प्रकाशित मिति: १४:२४ बजे, आइतबार, मंसिर ३, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्