चिसोका कारण जाजरकोटमा मृत्यु हुनेको संख्या १० पुग्यो
भूकम्पका कारण जाजरकोटमा घर भत्किँदा हजारौँ परिवारको अवस्था नाजुक बनेको छ। पीडित खुला चौरमा बस्न बाध्य छन्।
काठमाडौं, मंसिर ३ : चिसोका कारण जाजरकोटमा मृत्युवरण गर्ने भूकम्पपीडितको संख्या १० पुगेको छ।
चिसोका कारण जाजरकोटको जुनीचाँदे गाउँपालिका–४, लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, छेडागाड नगरपालिका–१३, थानबाडाकी ५६ वर्षीया मनसरी कामी र भेरी नगरपालिका–४, तल्याउनका केशव भडेलको शनिबार मृत्यु भएको जनाइएको छ।
यसअघि विभिन्न मितिमा गरी बारेकोट गाउँपालिका–१, रामीडाँडाका डुमे पुन र भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्कीको मृत्यु भएको थियो।
यस्तै बारेकोट गाउँपालिका–४, जिरीका नरेन्द्रबहादुर सिंह, नलगाड नगरपालिका–४ का ८४ वर्षीय गोपालबहादुर रावल, नलगाड–४ की ४८ वर्षीया पम्फा रावल, बारेकोट गाउँपालिका, बयालाका ६० वर्षीय कर्णवीर विक र बारेकोट–६ ताँसीका ५५ वर्षीय वीरबहादुर विकको पनि मृत्यु भइसकेको छ।
भूकम्पका कारण जाजरकोटमा घर भत्किँदा हजारौँ परिवारको अवस्था नाजुक बनेको छ। पीडित खुला चौरमा बस्न बाध्य छन्।











