एआईजी ज्ञवालीको जन्म मितिसम्बन्धी कागजात पेस गर्न समितिको निर्देशन

काठमाडौं, मंसिर ३ : प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको जन्म मितिसम्बन्धी कागजात पेश गर्न निर्देशन दिएको छ।
समितिले गृह मन्त्रालयलाई ज्ञवालीको जन्ममितिसम्बन्धी कागजात पेस गर्न भनेको हो। ज्ञवालीको जन्म मितिका सम्बन्धमा परेको उजुरीका आधारमा गृहबाट कागजात झिकाइएको जनाइएको छ।
एआइजी ज्ञवालीले नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रमा जन्ममिति सच्याएर सेवा प्रवेश गरेको दाबी उजुरीकर्ताको छ। छानविनपछि समिति निश्कर्षमा पुग्ने भएको छ।
प्रकाशित मिति: १३:५५ बजे, आइतबार, मंसिर ३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











