Kathmandu Press

मंसिर २९ देखि सत्याग्रह सुरु गर्ने डा. केसीकाे चेतावनी

मंसिर २९ देखि सत्याग्रह सुरु गर्ने डा. केसीकाे चेतावनी

काठमाडौं, मंसिर ३ : चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले यही मंसिर २९ गतेदेखि सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन्।

२८ गतेसम्म आफ्ना माग पूरा गर्न सरकारलाई ध्यानाकर्षण गराउँदै उक्त दिनसम्म माग माग पूरा नभए २९ गतेदेखि सत्याग्रहसहित अन्य विभिन्न आन्दोलनका कार्यक्रम सुरु गर्ने चेतानवी दिएका हुन्। 

सरकारले माग पूरा गर्ने आश्वासन दिएकाले सत्याग्रहको कार्यक्रम मंसिर २८ गतेसम्म सारेका डा. केसीले आइतबार एक विज्ञप्ति जारी गरेर जनाएका छन्। सोही विज्ञप्तिमा उनले आफ्ना माग र समयसीमाबारे उल्लेख गरेका हुन्।

विगतमा भएका सम्झौता कार्यान्वयनका साथै सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरूमा निःशुल्क औषधी तथा उपचार व्यवस्था, गेटा मेडिकल कलेजलाई तुरुन्त सञ्चालनमा ल्याउने, डडेलधुरा, उदयपुर, इलाम लगायतमा ऐनमा उल्लेख भएअनुसार प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान तुरुन्त निर्माण गर्नुपर्ने माग डा. केसीले राखेका छन्।

यस्तै, विश्वविद्यालय तथा प्रतिष्ठानका पदाधिकारी मापदण्डसम्बन्धी उच्च शिक्षा ऐन पारित गर्न, एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान ऐन पारित गर्न, चिकित्सा शिक्षालाई गैरनाफामूलक बनाउने प्रक्रिया अगाडि बढाउनसमेत केसीले माग राखेका छन्।

प्रकाशित मिति: १३:४३ बजे, आइतबार, मंसिर ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्