Kathmandu Press

आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई पूजा गरिँदै

आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइसकेपछि त्यसको भोलिपल्ट अर्थात सोमबार बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिएर छठ समापन गरिन्छ।
आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई पूजा गरिँदै

काठमाडौं, मंसिर २ : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ।

आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइसकेपछि त्यसको भोलिपल्ट अर्थात सोमबार बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिएर छठ समापन गरिन्छ।

ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । मधेश प्रदेश लगायत मैथली समाजमा छठलाई मुख्यगरी र भव्य पर्वको रुपमा मनाउने गरिन्छ । उसोत छठ अव तराई र मैथली समाजको मात्र नभएर पछिल्लो समय पहाडमा पनि मनाउन थालिएको छ।

अस्ताउँदो सूर्यलाई अर्घ दिन आइतबार साँझ राष्ट्रपति, उपराष्ट्रपतिलगायत विशिष्ट व्यक्तिहरु कुपण्डोलस्थित छठ पूजास्थल जाने कार्यक्रम तय छ ।

उपत्यकामा गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोल लगायतमा २१ स्थानमा छठ पूजास्थलको निर्माण गरिएको छ ।

प्रकाशित मिति: ०८:३३ बजे, आइतबार, मंसिर ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्