Kathmandu Press

प्रधानमन्त्री ओलीको भिडियो सन्देश : जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर अलप हुन्न 

काठमाडौं, फागुन १९ : प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः मिर्गौला प्रत्यारोपणपछि थप उर्जा र आत्मविश्वास लिएर काममा फर्किने बताएका छन्। 

....
प्रधानमन्त्री ओलीको भिडियो सन्देश : जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर अलप हुन्न 
रिवाज राई

काठमाडौं, फागुन १९ : प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः मिर्गौला प्रत्यारोपणपछि थप उर्जा र आत्मविश्वास लिएर काममा फर्किने बताएका छन्। 

पुनः मिर्गौला प्रत्यारोपणका लागि सोमबार साँझ अस्पताल भर्ना हुनुअघि भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्,‘ मेरो स्वास्थ्यलाई लिएर यहाँहरु ढुक्क रहनुस्। म केही दिनको अस्पताल बसाई र आरामपछि थप उर्जा र आत्मविश्वास लिएर काममा फर्किनेछु।’

उनले भर्खरै जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र छोडेर आफू अलप नहुने पनि बताएका छन्। ‘हाम्रा भर्खरै जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न,’ उनले भनेका छन्। 

प्रधानमन्त्री ओलीले संसारमा कोही पनि अजम्बरी नरहेकाले आफ्नो संकल्प अजम्बरी बन्न नभएको बताएका छन्। ‘संसारमा कोही पनि अजम्बरी छैन। मेरो यो संकल्प पनि अजम्बरी बन्न होइन,’ उनले भनेका छन्,‘ मेरो संकल्प हाम्रा जाग्रित हुँदै गरेका सपनालाई साकार पार्नका लागि हो भन्ने बुझ्नु नै भएकै छ।’ 

प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यलाई लिएर ढुक्क रहन पनि आग्रह गरेका छन्।

हेर्नुस् भिडियो: 

प्रकाशित मिति: १८:५७ बजे, सोमबार, फागुन १९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्