Kathmandu Press

छठले राष्ट्रिय एकता सुदृढ गर्ने प्रधानमन्त्रीको विश्वास

छठ पर्वको मुख्य दिन आज शुभकामना व्यक्त गर्दै उनले देशमा विद्यमान चुनौतीहरूमाथि विजय हासिल गर्न छठले प्रेरणा दिने विश्वास जनाएका छन् ।
छठले राष्ट्रिय एकता सुदृढ गर्ने प्रधानमन्त्रीको विश्वास

काठमाडौं, मंसिर २ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छठ पर्वले राष्ट्रिय एकता सुदृढ गर्न,आपसी विश्वास र सम्बन्ध थप प्रगाढ तुल्याउन तथा सामाजिक न्यायसहितको समुन्नतिको मार्ग दर्शनका लागि सबैमा प्रेरणा मिल्ने बताएका छन्।

छठ पर्वको मुख्य दिन आज शुभकामना व्यक्त गर्दै उनले देशमा विद्यमान चुनौतीहरूमाथि विजय हासिल गर्न छठले प्रेरणा दिने विश्वास जनाएका छन् ।

‘नेपालको तराई–मधेशमा उदाउँदो सूर्यको आराधना गर्दै उल्लासमय रूपमा मनाइने छठ पर्वका अवसरमा तराईबासी जनसमुदायका साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु,’ प्रधानमन्त्रीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ।

उनले यस पर्वले प्रकृति र मानवबीचको सम्बन्ध जीवन्त तुल्याउनका साथै जीवनउपयोगी प्राकृतिक वस्तुहरूको सम्मान एवं संरक्षण,उत्पादन एवं श्रम संस्कृतिको विकासका निम्तिसमेत महत्वपूर्ण भूमिका खेलेको बताएका छन्।

देशमा विद्यमान चुनौतीहरूमाथि विजय हासिल गर्दै सुशासन, समृद्धि र सामाजिक न्यायसहितको समुन्नतिको मार्गमा अग्रसर हुन समेत छठले सबैलाई प्रेरणा मिल्ने प्रधानमन्त्रीले शुभकामनामा उल्लेख गरेका छन् ।

‘छठ पर्वले राष्ट्रिय एकता सुदृढ गर्न, आपसी विश्वास र सम्बन्ध थप प्रगाढ तुल्याउन तथा देशमा विद्यमान चुनौतीहरूमाथि विजय हासिल गर्दै सुशासन, समृद्धि र सामाजिक न्यायसहितको समुन्नतिको मार्गमा अग्रसर हुन हामी सबैलाई प्रेरणा मिल्ने मैले विश्वास लिएको छु,’ शुभकामना सन्देशमा भनिएको छ।

 

प्रकाशित मिति: ०७:५२ बजे, आइतबार, मंसिर ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्