क्रान्तिकारीबीच एकता आवश्यक : विप्लव
क्रान्तिकारी कम्युनिष्टहरूको ध्रुविकरण तथा एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले असल चाहानाहरु पुरा गर्न सबै क्रान्तिकारीहरू एक ठाउँमा उभिन आवश्यक रहेको बताए।-1700313631.jpg)
काठमाडौं, मंसिर २ : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रमचन्द विप्लवले सबै क्रान्तिकारीबीच एकता आवश्यक रहेको दोहो¥याएका छन्।
शनिबार काठमाडौंमा आयोजित क्रान्तिकारी कम्युनिष्टहरूको ध्रुविकरण तथा एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले असल चाहानाहरु पुरा गर्न सबै क्रान्तिकारीहरू एक ठाउँमा उभिन आवश्यक रहेको बताए।
‘कम्युनिष्ट पार्टी बन्नु एकता हो, त्यसलाई परिस्कृत, शुद्धिकरण गर्नु एकता हो, जनतालाई विश्वास दिलाउनु पनि एकता हो। समाजवादको निमार्ण गर्नु त्यसलाई साम्यवादमा रूपान्तरण गर्नु एकता हो। पुरानाहरु एकता अप्रयाप्त हुन्छन् र नयाँ एकता आवश्यक हुन्छ’ उनले भने, ‘पुराना एकताबाट मात्रै सोच्ने हो भने हाम्रो सपना, लक्ष्यहरु पूरा हुदैँनन् । त्यसकारण हरेक पल पार्टीलाई नयाँ बनाउँदै लैजानु पर्छ।’
उनले क्रान्तिकारी कम्युनिष्टहरूको एकीकरणले नेपालीहरुको निराशा र बेचैनी हटाउने विश्वास व्यक्त गरे।
‘यो एकताले के गर्छ भने नेपालमा रहेको निराशाको बादललाई त्यसलाई हटाउने काम गर्छ, जनताहरूमा बेचैनी छ,’ उनले भने, ‘यो एकताले जनतालाई कम्युनिष्टहरूले नै देशको नेतृत्व गर्छ भन्ने आशा दिन्छ र देशमा भएको निराशालाई चिर्न भूमिका खेल्छ।’
अब देशमा राजतन्त्र फर्किने कुरा असम्भव रहेको दोहो¥याएका उनले भने ‘निराश हुनुपर्ने अवस्था छैन् । नेपालमा राजतन्त्र फर्किने कुरा सम्भव छैन्, कल्पना नगरे हुन्छ । नेपालमा फेरि सामन्तहरु आएर राजाई गर्ने समय छैन्।’











