छोराको रिहाइको पहल गर्न विपिनका आमाबुबाले गरे परराष्ट्रमन्त्री साउदलाई आग्रह
विपिनका बुबा महानन्द जोशी र आमा पद्मा जोशीले मन्त्री साउदलाई आज महेन्द्रनगरमा भेटेर आग्रह गरेको परराष्ट्र सचिवालयले जनाएको छ।
काठमाडौं, मंसिर २ : झन्डै डेड महिनादेखि इजरायल –हमास द्वन्द्वमा सम्र्पकविहीन बनेका कञ्चनपुरका विपिन जोशीका बुबाआमाले छोराको रिहाइका लागि पहल गरिदिन परराष्ट्रमन्त्री एनपी साउदसित आग्रह गरेका छन्।
विपिन ४३ दिनदेखि प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेको छोराको रिहाइका लागि विपिनका बुबा महानन्द जोशी र आमा पद्मा जोशीले मन्त्री साउदलाई आज महेन्द्रनगरमा भेटेर आग्रह गरेको परराष्ट्र सचिवालयले जनाएको छ।
भेटमा विपिनका बुबाआमाले साउदलाई छोराको चिन्ता धेरै भैरहेको भन्दै चाँडोभन्दा चाँडो छोराको रिहाइका लागि सरकारले पहल गरिदिनका लागि आग्रह गरेका हुन्।
भीमदत्त नगरपालिका–३ घर भएका विपिनका बुबाआमाले यसअघि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीमार्फत पनि मन्त्री साउदलाई ज्ञापनपत्र पठाएका थिए।
गत असोज २१ मा हमासले इजरायलमा गरेको आक्रमणमा परी १० नेपाली विद्यागर्थीको मृत्यु भएको थियो । ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्र्तगत सुदूरपश्चिम विश्वविद्यालयबाट प्रयोगात्मक अध्ययनका लागि इजरायल गएका विपिन हमासको नियन्त्रणमा रहेको अधिकारीहरुको आंकलन छ











