लोकतान्त्रिक प्रणालीमा अधिनायकवाद व्यवहार अस्वीकार्य : ओली
एमाले कार्यालय च्यासमा शनिबार आयोजित एमाले जनसंगठन समन्वय संयन्त्रको विशेष भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रपति निष्पक्ष हुन नसकेको र जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा पनि कांग्रेसकै प्रतिनिधि भएर गएको बताएका हुन्।
काटमाडाैं, मंसिर २ : एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपति जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा कांग्रेसको प्रतिनिधि भएर गएको बताएका हुन्।
एमाले कार्यालय च्यासमा शनिबार आयोजित एमाले जनसंगठन समन्वय संयन्त्रको विशेष भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रपति निष्पक्ष हुन नसकेको र जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा पनि कांग्रेसकै प्रतिनिधि भएर गएको बताएका हुन्।
त्यस्तै उनले पुष्पकमल दाहाल प्रचण्ड पनि माओवादीको प्रतिनिधि भएर जाजरकोट गएको आरोप लगाए। ओलीले एक वर्ष नपुग्दै राष्ट्रपतिले अलोकतान्त्रिक पक्षधरता भेद्भावपूर्ण व्यवहार देखाएको र संविधान सिध्याउनेतर्फ लागेको उल्लेख गरे।
उनले लोकतान्त्रिक प्रणालीमा अधिनायकवाद व्यवहार स्वीकार्य नहुने स्पष्ट पारे। उनले देशको बेथितिलाई रोक्न आगामी सात गते पार्टी संगठनले गर्न लागेको प्रदर्शनलाई एमालेको साथ र समर्थन रहेको भन्दै देशको परिस्थीतिलाई रोक्न एमाले अघि बढ्ने बताए। ओलीले शान्तिपूर्ण ढंगले सडकमा उत्रिएर प्रतिक्रियावादीको सामना गर्ने धारणा राखे।
उनले सदन र भेटेर धेरै सुझाव दिए पनि सरकारले सप्रिने लक्षण नदेखाएको जिकिर गरे। उनले वर्तमान सरकारलाई मुलुकको विकासतर्फ कुनै ध्यान नरहेको समेत बताए।