सकेसम्म आफन्तको बिदाइ र स्वागतका लागि विमानस्थल नआउनू : प्राधिकरण
काठमाडौं, फागुन १९ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन कार्यालयले कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै विमानस्थलमा सकेसम्म आवातजावत....

काठमाडौं, फागुन १९ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन कार्यालयले कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै विमानस्थलमा सकेसम्म आवातजावत नगर्न आग्रह गरेको छ।
महाप्रबन्धक देवेन्द्र केसीले सोमबार विज्ञप्ति जारी गरी विदेश जाने आफन्तको बिदाइ र आउनेको स्वागतमा सकेसम्म नआउन आग्रह गरेका हुन्। यस्तै, कार्यालयले अत्यावश्यक भए विमानस्थल आउँदा अनिवार्य माक्स लगाउन पनि आग्रह गरेको छ।
कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावना देखिएको र डब्लुएचओले पनि नेपाललाई उच्च जोखिममा राखेकाले अत्यावश्यक बाहेक विमानस्थलमा प्रवेश नगर्न केसीले आग्रह गरेका छन्।
यस्तै, विमानस्थलले यात्रुहरुको सुविधाका लागि दिँदै आएको भिजिटर पास स्थगन गरेको छ।
‘यात्रुहरुको सुविधाका लागि प्रदान गरिँदै आएको भिजिटर पास पनि हाललाई अर्को व्यवस्था नभएसम्मका लागि स्थगन गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।











