Kathmandu Press

राहत दिनुपर्ने सरकार मैदान छोडेर भाग्यो : एमाले महासचिव पोखरेल 

राहत दिनुपर्ने सरकार मैदान छोडेर भाग्यो : एमाले महासचिव पोखरेल 

काठमाडौं, मंसिर २ : एमाले महासचिव शंकर पोखरेलले जनतालाई राहत र उद्धारको आवश्यकता भएको अवस्थामा सरकार मैदानबाट भागेको बताएका छन्। जनसंगठन समन्वय संयन्त्रद्वारा आयोजित विशेष भेलामा उनले राज्य सुरुको समयमा हेलिकप्टरमा सवार देखिए पनि आवश्यकताको समयमा मैदान छोडेर भागेको टिप्पणी गरे। उनले एक दुई वटा होईन, एक दर्जन राजनीतिक दलहरुले नेतृत्व गरिरहेको सरकार नागरिहरुको रक्षाको प्रश्नमा बेखबर र उदासीन देखिएको टिप्पणी गरे।

उनले भने, ‘सरकार सुरुका दिनमा हेलिकप्टरमा सवार त देखियो तर जतिबेला जनतालाई राहत र उद्धारको आवश्यकता छ। त्यतिबेला सरकार मैदानबाट भागेको अवस्था छ। राज्यसँग सामर्थ्य नभएको होइन। जुन राज्यभित्र छोटो समयभित्र हामी जनतालाई संरक्षण गर्ने कामको नेतृत्व गरेका थियौ, आज त्यही राज्यको नेतृत्व गर्नेहरु एउटा होइन, दुई वटा होईन, एक दर्जन राजनीतिक दलहरुले नेतृत्व गरिरहेको सरकार नागरिहरुको रक्षाको प्रश्नमा यति बेखबर र उदासीन छ।’

उनले जनताको घाउमा औषधी लगाउन नेकपा एमालेले एक हजारभन्दा बढी स्वयं सेवकहरुलाई सबै प्रकारको व्यवस्था मिलाएर पठाएको दाबी गरे। यस्तै उनले नेपाली समाजमा निराशा र अराजकताबाट गुज्रिरहेको भन्दै यस्तो अवस्थाको सुधार गर्न एमालेको विकल्प नभएको बताए। 

‘आज जनतामा जुन प्रकारको निराशा छ यो निराशा स्वाभाविक रुपमा चिन्ताको विषय हो, नेपाली समाज चरम अराजकताबाट गुज्रिरहेको छ। अराजकताले नेपाली समाज गाँजिरहेको छ, नेपाली समाजलाई कमजोर बनाउने प्रयास भइरहेका छन्,’ उनले भने, ‘हामीले ल्याएको परिवर्तनको जिम्मा अरुलाई दिन सक्दैनौं, यो परिवर्तन हामीले ल्याएको हो र यसको रक्षाका लागि नेकपा एमाले सधैं तत्पर छ। नेपालमा बलियो राष्ट्रिय शक्तिको आवश्यकता छ र त्यसको रुपमा नेकपा एमालेलाई सुदृढ गर्दै बलियो राष्ट्रिय शक्तिको रुपमा निमार्ण गर्न चहान्छौं।’

प्रकाशित मिति: १६:२७ बजे, शनिबार, मंसिर २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्