Kathmandu Press

धनगढी आगलागी : झन्डै १२ करोड क्षतिको प्रारम्भिक अनुमान 

जुत्ता गोदामबाट सुरु भएको आगलागीमा सारथी अस्पतालसहित अन्य आठ पसल संचालकले १२ करोड ७५ लाख टिपाएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदीप चन्दले जानकारी दिए।
धनगढी आगलागी : झन्डै १२ करोड क्षतिको प्रारम्भिक अनुमान 

धनगढी, मंसिर २ : कैलालीको धनगढीमा शनिबार राती भएको भीषण लागलागीबाट १२ करोड बढीको क्षति भएको अनुमान गरिएको छ। 

जुत्ता गोदामबाट सुरु भएको आगलागीमा सारथी अस्पतालसहित अन्य आठ पसल संचालकले १२ करोड ७५ लाख टिपाएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदीप चन्दले जानकारी दिए। 

उनले भने ‘दाबी गरिएको १२ करोड ७५ लाख क्षतिको विवरण प्रारम्भिक हो, पुष्टि भैसकेको भने छैन्।’  
जसमा सारथी अस्पतालले साँढे पाँच करोड, सुभेक्षादेवी सपिङ्ग सेन्टरले १ करोड २० लाख, भट्ट सपिङ सेन्टरले ७० लाख, भण्डारी सु –सेन्टरले ५० लाख, भण्डारी जनरल स्टोरले ४ करोड २५ लाख, मधुमाला देवी सपले ६० लाख र गरिमा पोलिक्लिनीकले ३० लाख, भट्ट स्टोरले ५० लाख क्षति भएको दाबी गरेका छन्। 

सो लगायत अन्य पसलका पीडितले पनि क्षतिको विवरण दिएको डिएसपी चन्दले जानकारी दिए। 
धनगढी उपमहानगरपालिका–१ स्थित सारथी अस्पताल नजिकै दलबहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोरको जुत्ता चप्पलको होलसेलको गोदाममा विद्युत् तार सर्ट भई शनिबार १ बजे आगलागी भएको हो। आगलागीमा सारथी अस्पतालसहित आठ पसलमा क्षति भएको छ। 

अस्पतालमा आगलागी भएपछि त्यहाँ उपचाररत बिरामीलाई राती नै सुरक्षीत स्थानमा सारिएको थियो। मानविय क्षति नभए पनि आगलागीबाट ठूलो भौतिक क्षति पुगेको छ। 
 

प्रकाशित मिति: १६:१५ बजे, शनिबार, मंसिर २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्