Kathmandu Press

प्रहरीसँगको झडपमा संलग्न भएको आरोपमा १४ जना नियन्त्रणमा

प्रहरीसँगको झडपमा संलग्न भएको आरोपमा १४ जना नियन्त्रणमा

काठमाडौं, मंसिर २ : काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सीफेदीमा प्रहरीसँगको झडपमा संलग्न भएको आरोपमा १४ जनालाई नियन्त्रणमा लिइएको छ। चार जना शुक्रबार राति नै पक्राउ परेका थएि भने १० जनालाई आज बिहान नियन्त्रणमा लिइएको प्रहरीले जनाएकाे छ।

आज बिहान पक्राउ पर्नेमा तामाकोशी हाइड्रोपावर पीडित संघर्ष समितिका अध्यक्ष रञ्जित तामाङसमेत छन्। नेपाल विद्युत प्राधिकरणले लप्सीफेदीमा निर्माण गर्ने सबस्टेसन र त्यसको सुरक्षा पोस्ट स्थापना गर्ने विषयमा विवाद हुँदा शुक्रबार राति प्रहरी र स्थानीयबीच झडप भएको थियो।

स्थानीयको आक्रमणबाट डिएसपी देवराज राईसहित तीन सुरक्षाकर्मी घाइते भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए।

उनका अनुसार सबस्टेसनको सुरक्षाका लागि जिल्ला सुरक्षा समितिको बैठकबाट डिएसपीको नेतृत्वमा सशस्त्र प्रहरीको बेस क्याम्प र नेपाल प्रहरीको पोस्ट राख्ने निर्णय भएबमोजिम शुक्रबार प्रहरीको टोली लप्सीफेदी पुगेको थियो। स्थानीयले बाटोमा रुख ढालेर बाटो अवरुद्ध गर्नुका साथै सुरक्षाकर्मीहरुलाई ढुंगामुढा गर्दै आक्रमण गरेका थिए ।

बस्तीको बीचमा सबस्टेसन निर्माण गर्न नहुने स्थानीयको माग राख्दै आएका छन्।

प्रकाशित मिति: १२:३७ बजे, शनिबार, मंसिर २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्