Kathmandu Press

नेपाली कामदारलाई योगदानमा आधारित पेन्सन दिन दक्षिण कोरियासँग सांसद पौडेलको आग्रह

उनले समय सकिएपछि थप काम गर्न चाहनेका लागि नेपाल सरकारसँग समन्वय गरेर भिसा थप गर्न समेत कोरिया सरकारसँग आग्रह गरे।
नेपाली कामदारलाई योगदानमा आधारित पेन्सन दिन दक्षिण कोरियासँग सांसद पौडेलको आग्रह

काठमाडौं, मंसिर २ : कांग्रेस नेता प्रदिप पौडेलले कोरियामा काम गर्ने नेपालीलाई त्यहाँका नागरिकलाई सेवा सुविधा दिन त्यहाँको सरकारसँग आग्रह गरेका छन्।

नेपाल र दक्षिण कोरियाबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औं वर्षगाँठमा कोरिया नेपाल पार्लियामेन्ट कमिटीद्वारा कोरियाको राजधानी सोलस्थित नेशनल एसेम्बली हाउसमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले नेपाली कामदारलाई पनि कामको अवधिपछि योगदानमा आधारित पेन्सन दिन आग्रह गरेका हुन्।

उनले समय सकिएपछि थप काम गर्न चाहनेका लागि नेपाल सरकारसँग समन्वय गरेर भिसा थप गर्न समेत कोरिया सरकारसँग आग्रह गरे।

प्रकाशित मिति: ०७:३३ बजे, शनिबार, मंसिर २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्