Kathmandu Press

माओवादीविरुद्ध चौतर्फी घेराबन्दी भइरहेको छ : प्रवक्ता सापकोटा

उनले शान्ति प्रक्रिया टुङ्गाउन प्रधानमन्त्रीले नचाहेको आरोप लगाउदै आफ्नो पार्टी विरुद्ध घेराबन्दी गरिएको आरोप लगाए।
माओवादीविरुद्ध चौतर्फी घेराबन्दी भइरहेको छ : प्रवक्ता सापकोटा

काठमाडौं, मंसिर २ : नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि प्रसाद सापकोटाले, आफ्नो पार्टी विरुद्ध चौतर्फी घेराबन्दी गरिएको आरोप लगाएका छन्।

नेकपा माओवादी केन्द्र शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसन दोलखा काठमाडौं सम्पर्क समन्वय समितिले पार्टी मुख्यालय कोटेश्वरमा आयोजना गरेको कार्यक्रममा उनले शान्ति प्रक्रिया टुङ्गाउन प्रधानमन्त्रीले नचाहेको आरोप लगाउदै आफ्नो पार्टी विरुद्ध घेराबन्दी गरिएको आरोप लगाए।

‘माओवादी आन्दोलनलाई हिंसा भन्ने यो शान्ति प्रक्रिया रोकेको चै प्रधानमन्त्रीले हो भन्ने जस्ता कुरा गरेर भन्ने मान्छेले त सोचेको होला मैले खुब भने भनेर त्यो त खसेको हो । तल गिरेको हो । यसैगरी हो थाहै नपाईकन हामी बिग्रिन्छौं,’ उनले भने ‘त्यसकारण हामी फेरि बर्बाद भएपछि त भइहाल्यो । सबैभन्दा ठुलो कुरो चै के हो भने नैतिक बल आचरण।’

माओवादीमाथि अहिले घेराबन्दी भइरहेको बताउँदै उनले त्यो चिनै उनले भने मिहिनेत र परिश्रम गर्नुपर्ने बताए। उनले नैतिकतामा अडिग हुनुपर्ने बताउँदै नैतिकतामा भन्दा ठुलो तागत र ज्ञान अरुमा नहुने उल्लेख गरे।

प्रकाशित मिति: ०७:१० बजे, शनिबार, मंसिर २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्