नेपाल ५७ रनले पराजित
काठमाडौं, फागुन ९ : आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत एशिया क्षेत्रीय प्रतियोगितामा नेपाल थाइल्यान्डसँग ५७ रनले पराजित भएको छ ।
आज भएक....

काठमाडौं, फागुन ९ : आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत एशिया क्षेत्रीय प्रतियोगितामा नेपाल थाइल्यान्डसँग ५७ रनले पराजित भएको छ ।
आज भएको दोस्रो खेलमा नेपालले एकसय २५ रनको लक्ष्य पछ्याउँने क्रममा ६७ रनमै समेटियो । इन्दु बर्मा २९ र सीता रानामगर १८ बाहेक अरुले दोहोरो अंक पनि बनाउन सकेनन् ।
ओपनर द्वय कालज श्रेष्ठ र रोमा थापा एक÷एक रनमा आउट भएसँगै नेपालका लगातार विकेट झर्दै गए । निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ६७ रन मात्रै बनायो ।
यस अघि टस जितेर ब्याटिङ गरेको थाइल्यान्डले सात विकेटको क्षतिमा एकसय २४ रन बनाएको थियो । उसका लागि चनिदा सुथिरङले ३५, नरुमोल चाइवाइले ३२ र वाङपाका लिङप्रसर्टले २८ रन बनाइन् ।
नेपालका लागि कविता कुँवर र नेरी थापाले दुईरदुई तथा रुविना क्षेत्री र करुणा भण्डारीले एक/एक विकेट लिएका थिए ।
यो हारसँगै नेपाल अंक तालिकाको चौथो स्थानमा झरेको छ ।











