Kathmandu Press

टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध १० वटा रिट, पेसी सोमबार

रिटमा टिकटक बन्द गर्ने सरकारको निर्णय गैरकानुनी र संविधानको भावनाविपरीत रहेको दाबी गरिएको छ।
टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध १० वटा रिट, पेसी सोमबार

काठमाडौं, मंसिर १ : सामाजिक सञ्जाल टिकटकलाई नेपालमा प्रतिबन्ध लगाउने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा ‌१० वटा रिट परेका छन्।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, सुनीलरञ्जन सिंह, स्वागत नेपाल, बाबुराम अर्याललगायत कानुन व्यवसायीले सर्वोच्चमा रिट दर्ता गरेका हुन्।

रिटमा टिकटक बन्द गर्ने सरकारको निर्णय गैरकानुनी र संविधानको भावनाविपरीत रहेको दाबी गरिएको छ। रिटमा सामाजिक सञ्जालको नियमन गर्ने सम्बन्धमा दूरसञ्चार तथा प्रविधि क्षेत्रका विज्ञ सम्मिलित कार्यदल गठन गर्ने आदेशको पनि माग गरिएको छ।

सर्वोच्चले रिटमाथि सुनुवाइ गर्न सोमबार पेसी तोकेको छ।

प्रकाशित मिति: १८:०६ बजे, शुक्रबार, मंसिर १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्