छठका लागि सिँगारिँदै गौरीघाट [तस्बिरहरू]
जनकपुरको प्रसिद्ध गंगासागरलगायत, विभिन्न जलाशय तथा काठमाडौंको पशुपति क्षेत्रस्थित गौरीघाटलगायतका क्षेत्रमा छठ पर्वको तयारी सुरु भएको हो।![छठका लागि सिँगारिँदै गौरीघाट [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/chhath-puja-1700219712.jpg)
काठमाडौं, मंसिर १ : तिहार सकिएसँगै छट पर्वको तयारी सुरु भएको छ। विशेष गरी तराई मधेशमा मनाईने छठ पछिल्ला वर्षमा काठमाडौं उपत्यकालगायत पहाडी भेगमा समेत मनाउन थालिएको छ। जनकपुरको प्रसिद्ध गंगासागरलगायत, विभिन्न जलाशय तथा काठमाडौंको पशुपति क्षेत्रस्थित गौरीघाटलगायतका क्षेत्रमा छठ पर्वको तयारी सुरु भएको हो।
-(4)-1700219346.jpg?timestamp=1700219373507)
गौरीघाटमा छठ पूजा समितिले बाँस गाड्ने, घाट सजावटलगायत काम शुरु गरेको हो। छठ पूजाको सबै तयारी अन्तिम चरणमा पुगेको भन्दै बत्ति, टेन्ट सबैको काम भईरहेको गौरीघाट छठ पूजा व्यवस्थापन समिति अध्यक्ष अनिलकुमार सिंहले जानकारी दिएका छन्।

उनले भने, ‘सबै तयारी अन्तिम चरणमा छ, यहाँ मुख्य कुरा भनेको सरसफाई हो हामीले खोलाहरु सफा गरेका छौ। यसको साथै बत्ति, टेन्ट सबैको काम भईरहेको छ। २ दशकभन्दा बढि समय भयो यहाँ छठ मनाउँन थालिएको, यहाँ घाटमा धेरै नै फोहोर छ, पशुपति विकास कोषले हेर्छ तर जति हुनुपर्ने त्यही भएको छैन्। यहाँ ४ देखि ५ लाख मानिस आउँने गर्छन्, वर्तालु ५ सयभन्दा बढि हुदैँन।’
-(3)-1700219340.jpg?timestamp=1700219415216)
गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायत काठमाडौंका २१ स्थानमा पूजा स्थलको निर्माण सुरु गरिएको छ। गौरीघाटस्थित बागमती नदीमा सफाइ गर्ने, नदी किनाराका झार तथा फोहर हटाउने, टेन्ट तथा त्रिपाल, बत्ती एवं छठी माताको मूर्ति राख्ने काम जारी छ। पछिल्लो समय पहाड एवं हिमालवासीले पनि सूर्य आराधनाको पर्व छठ मनाउन थालेका छन्।तराईमा धुमधामसँग मनाइने सूर्य आराधनाको पर्व छठ एक दशक अघिदेखि काठमाडौंमा पनि भव्यरुपमा मनाउन थालिएको छ।
-(1)-1700219340.jpg?timestamp=1700219423197)
-(4)-1700219338.jpg?timestamp=1700219423197)
-(5)-1700219338.jpg?timestamp=1700219423197)
-(3)-1700219335.jpg?timestamp=1700219423197)
-(2)-1700219335.jpg?timestamp=1700219423197)
-(1)-1700219333.jpg?timestamp=1700219423197)
-(1)-1700219333.jpg?timestamp=1700219423197)
-(2)-1700219334.jpg?timestamp=1700219423197)
-(2)-1700219334.jpg?timestamp=1700219423197)









![किरातहरूको पुजा घरमा उँधौलीको रौनक [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1764834780.jpg)
![फ्लडलाइटमा क्रिकेटको मज्जा [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1763383632.jpg)
![मोन्था प्रभावले निथ्रुक काठमाडौं [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1761809803.jpg)