हाजार्ड सिजनभर मैदान बाहिर
काठमाडौं, फागुन १९ : स्पेनिस जाइन्ट रियल मड्रिडका बेल्जियन मिडफिल्डर इडेन हाजार्ड सिजभर मैदान बाहिर रहेन भएका छन्। ला लिगाअन्तर्गत लेभान्टेविरुद्ध घाइते भएका हाजार्डको....

काठमाडौं, फागुन १९ : स्पेनिस जाइन्ट रियल मड्रिडका बेल्जियन मिडफिल्डर इडेन हाजार्ड सिजभर मैदान बाहिर रहेन भएका छन्। ला लिगाअन्तर्गत लेभान्टेविरुद्ध घाइते भएका हाजार्डको अपरेसन गर्नुपर्ने भएकाले उनी सिजनभर मैदान बाहिर रहने पक्का भएको हो।
फेब्रअरी २३ मा भउको लेभान्टेविरुद्धको खेलका क्रममा हाजार्डको कुर्कुचामा चोट लागेको थियो। हाजार्डको कुर्कुचा आगामी बिहीबार अमेरिकामा अपरेशन गरिने बताइएको छ।
चोटकै कारण लामो सयम मैदान बाहिर रहेका २९ वर्षीय हाजार्ड फेब्रुअरी १७ मा सेल्टाभिगोविरुद्धको खेलमार्फत मैदान फर्किएका थिए। २ खेल खेल्नेवित्तिकै हाजार्ड घाइते भएपछि रियल भने दबाबमा परेको छ। सिजन नसकिँदै हार्जाड खेलमा फर्कने अपेक्षा रियलको छ। तर, सञ्चारमाध्यमहरुले हाजार्ड सिजभर मैदानबाहिर रहेन बताएका छन्।
सन् २०१९ को नोभम्बरमा च्याम्पियन्स लिगको समूह चरणमा पिएसजीविरुद्ध खेलका क्रममा हाजार्डको कुर्कुचामा चोट लागेको थियो। हाजार्ड यसै सिजन १०० मिलियन युरोमा इंग्लिस क्लब चेल्सीबाट रियल आएका हुन्। उनले रियलबाट १५ खेल खेल्दै १ गोल मात्र गरेका छन्।











