Kathmandu Press

प्रधानमन्त्री दाहालले ‘ग्लोबल साउथ समिट’लाई सम्बोधन गर्ने

प्रधानमन्त्री दाहालले ‘ग्लोबल साउथ समिट’लाई सम्बोधन गर्ने

काठमाडौं, मंसिर १ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दोस्रो ‘भ्वाइस अफ ग्लोबल साउथ समिट’लाई सम्बोधन गर्ने भएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गरेको सो सम्मेलनलाई प्रधानमन्त्री दाहालले ‘भर्चुअल’ रूपमा सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

सो सम्मेलनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विभिन्न देशका सरकार प्रमुखले सम्बोधन गर्ने कार्यक्रम छ। उक्त सम्मेलनको मुख्य विषय ‘विश्वव्यापी दक्षिण : भविष्यका लागि सहकार्य’ रहेको छ। 

प्रकाशित मिति: १६:०४ बजे, शुक्रबार, मंसिर १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्