Kathmandu Press

टिकटकको रिटमा सोमबार प्रारम्भिक सुनुवाइ

भोलि शनिबार र पर्सि आइतबार छठको सार्वजनिक बिदा परेकाले सोमबारलाई पेसी तोकिएको हो। मुद्दाको प्रारम्भिक सुनुवाइको दिन एकजना न्यायाधीशको एकल इजलासमा हुनेछ।
टिकटकको रिटमा सोमबार प्रारम्भिक सुनुवाइ

काठमाडौं, मंसिर १ : टिकटक प्रतिबन्धविरुद्धको रिट निवेदनरूमाथि आगामी सोमबार (मंसिर ४ गते) प्रारम्भिक सुनुवाइ हुने भएको छ।

भोलि शनिबार र पर्सि आइतबार छठको सार्वजनिक बिदा परेकाले सोमबारलाई पेसी तोकिएको हो। मुद्दाको प्रारम्भिक सुनुवाइको दिन एकजना न्यायाधीशको एकल इजलासमा हुनेछ।

टिकटकमाथिको प्रतिबन्धले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता हनन भएको जिकिर गर्दै सरकारले कुनै कानुनी आधारबिना गरेको निर्णय खारेज हुनुपर्ने माग राखेर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता स्वागत नेपाल, जगन्नाथ दुलाललगायत कानुन व्यवसायीहरुले छुट्टाछुट्टै रिट निवेदन पेस गरेका थिए। 

पेस भएका सातवटा रिट निवेदन दर्ता  भएको सर्वोच्च अदालत स्रोतले जनाएको छ। रिट निवेदकहरुले टिकटक बन्देज गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयनमा रोक लगाउनुपर्ने भनी अन्तरिम आदेशको माग गरिएको छ।

प्रकाशित मिति: १३:२४ बजे, शुक्रबार, मंसिर १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्