Kathmandu Press

आजबाट छठ विधिवत रुपमा सुरु, पहिलो दिन नहाय खाय

चार दिनसम्म विधिपूर्वक मनाइने छठमा पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गरिन्छ। श्रद्धापूर्वक मनाइने छठ पर्वको दोस्रो दिन भोलि (शनिबार) ब्रतालुले खरना गर्दछन्।
आजबाट छठ विधिवत रुपमा सुरु, पहिलो दिन नहाय खाय

काठमाडौं, मंसिर १ : सूर्यको उपासना गरी मनाइने छठपर्वको आजदेखि विधिवत सुरुवात भएको छ। चार दिनसम्म कडा नियम र निष्ठापूर्वक मनाइने छठको पहिलो दिन आज नहाय खायसँगै छठ सुरु भएको छ।

ब्रतालुले आज स्नान गरी अरबा अरबाईन भोजन गर्ने गर्दछन्।

चार दिनसम्म विधिपूर्वक मनाइने छठमा पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गरिन्छ। श्रद्धापूर्वक मनाइने छठ पर्वको दोस्रो दिन भोलि (शनिबार) ब्रतालुले खरना गर्दछन्।

खरनाका दिन राति गाईको गोबरले घर लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सजाएर ब्रतालु दिनभर उपवास बस्ने गर्छन्।

बेलुकीपख चन्द्रमाको दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै नयाँ भाँडामा सख्खर,चामल र दूध मिसाएर खीर पकाई केराको पातमा राखेर छठिमातालाई चढाउने गर्दछन्। खीर चढाइसकेपछि ब्रतालुले प्रसादका रूपमा परिवारसँगै ग्रहण गर्ने गर्छन् । त्यसलाई खरना भनिन्छ।

तेस्रो दिन (आइतबार) छठ पर्वको मुख्य दिन हो । उक्त दिन अस्ताउँदो सूर्यलाई अर्घदिई पूजा गरिन्छ। चौथो दिन (सोमबार) बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठपर्वको विधिवत समापन हुन्छ।
आइतबार छठको मुख्य दिन सरकारले सार्वजनिक विदासमेत दिएको छ।

प्रकाशित मिति: ११:१७ बजे, शुक्रबार, मंसिर १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्