Kathmandu Press

स्वास्थ्यमन्त्री बस्नेतद्वारा उर्लाबारी आगलागी पीडितसँग भेटघाट

निरिक्षणपछि संचारकर्मीसँग स्वास्थ्यमन्त्री बस्नेतले सरकारले घाइतेको उपचार खर्चमा अभाव हुन नदिने वचन दिए। घाइतेको उपचारमा सरकारले आवश्यक सहयोग गर्ने उनको भनाई छ।
स्वास्थ्यमन्त्री बस्नेतद्वारा उर्लाबारी आगलागी पीडितसँग भेटघाट

काठमाडौं, कात्तिक ३० : स्वास्थ्यमन्त्री मोहन बस्नेतले मोरङको उर्लाबारीमा भएको आगलागीमा परी घाइते भएकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

किर्तिपुरस्थित वर्न रेन्टरमा पुगेर स्वास्थ्य मन्त्री बस्नेतले घाइते भएका २५ जनाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

निरिक्षणपछि संचारकर्मीसँग स्वास्थ्यमन्त्री बस्नेतले सरकारले घाइतेको उपचार खर्चमा  अभाव हुन नदिने वचन दिए। घाइतेको उपचारमा सरकारले आवश्यक सहयोग गर्ने उनको भनाई छ।
 
‘मैले के भनेको थिए भने गरिबहरु उपचार गर्न सक्दैनौ भनेर  मानसिक रुपमा नै विरामी हुन्छन् । पहिला बिरामीको उपचार गर्नुप¥यो र उपचार गर्ने अस्पताल प्राईभेट होस या सरकारी जहाँ सुकै विरामीलाई पहिला उपचार गर्नु र कति पैसा व्यहोर्नुपर्ने हो सम्बन्धीत अस्पतालले पनि केही व्यहोर्नुपर्छ १० प्रतिशत विरामी बेड सहितको रुपचारको प्रावधान छ र त्यसले नभ्याएको खण्डमा नेपाल सरकारले हेर्छ,’ उनले भने, ‘यसमा पनि  विरामीको उपचार हुनुप¥यो बाँकि आर्थिक रुपमा समस्या छ भने त्यसको प्रतिवेदन दिनु हामी व्यहोर्छौं।’

वर्न सेन्टरको प्लाष्टिक सर्जरी विभाग प्रमुख डाक्टर किरण नकर्मीले भर्ना भएका मध्ये ९ जनाको अवस्था अझै गम्भीर रहेको जानकारी दिए। उनले घाइतेको उपचारमा सरकारले आवश्यक सहयोग गरिरहेको बताए।

‘उहाँहरुको उपचारको लागि कतिपय सामान सरकारबाट प्राप्त भएको थियो, त्यो प्रयोग गर्दैछौँ । स्वास्थ्य मन्त्रीले यसमा नेपाल सरकारले सक्दो सहयोग गर्ने विश्वास व्यक्त गर्नु भएको छ,’ उनले भने।

मोरङको उर्लाबारीमा गत कात्तिक २६ गते लक्ष्मीपुजाको राती भएको आगजनीमा परेर  उर्लाबारीमा भएको आगजनीमा गरेर घाइते भएकाहरु मध्ये २५ जनाको उपचार किर्तिपुर बर्न अस्पतालमा भइरहेको छ।

किर्तिपुर अस्पतालका मेडिकल डाइरेक्टर डा.शंकरमान राईले उर्लावारी घटनाका समेत गरी अहिले अस्पतालमा ४४ जना जलनका विरामीको उपचार भइरहेको जानकारी गराउदै उपचाररत घाइतेहरुको उपचारमा कुनै कमि आउन नदिन अस्पतालले सक्दो प्रयास गरिरहेको जानकारी दिए।

उर्लाबारी ७ बरगाछीस्थित दीपक कार्कीको घरमा सञ्चालित सुन पसलमा आइतबार राति आगलागी हुँदा चार प्रहरीसहित २८ जना जलेर घाइते भएका थिए । पसलमा आगलागी भएसँगै ग्यासको सिलिण्डर विस्फोट हुँदा आगोको लप्कामा परेर उनीहरु घाइते भएको प्रहरीको भनाइ छ।

 

प्रकाशित मिति: २०:३५ बजे, बिहीबार, कात्तिक ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्