Kathmandu Press

‘दिमाग खराब’ विवादमा सहमति, फिल्मको प्रदर्शन नरोकिने

बिहीबार दिउँसो फिल्मका निर्माता र प्रदर्शक संस्था चलचित्र संघबीच भएको छलफलमा शो बाँडफाँडमा सहमति भएपछि फिल्मको प्रदर्शनले निरन्तरता पाउने भएको हो।
‘दिमाग खराब’ विवादमा सहमति, फिल्मको प्रदर्शन नरोकिने

काठमाडाैं, कात्तिक ३० : निर्माता र चलचित्र संघबीच शो बाँडफाँटमा सहमति भएपछि फिल्म ‘दिमाग खराब’ प्रदर्शन नरोकिने भएको छ।

फिल्म निर्माण युनिटले हलले पर्याप्त शो नदिएपछि भोलिबाट फिल्मको प्रदर्शन रोक्ने निर्णय गरको थियो। बिहीबार दिउँसो फिल्मका निर्माता र प्रदर्शक संस्था चलचित्र संघबीच भएको छलफलमा शो बाँडफाँडमा सहमति भएपछि फिल्मको प्रदर्शनले निरन्तरता पाउने भएको हो।

Hardik ivf

दुई पक्षबीच दर्शकको मागअनुसार शो बढाउँदै जाने कुरामा सहमति भएको संघले विज्ञप्ति मार्फत जनाएको छ।

शो बाँडफाँडमा सहमति भएपनि शेयरको विषयमा भने सहमति हुन नसकेको बताइएको छ। तर, फिल्म चलिञ्जेल ५० प्रतिशत सेयर कायम गर्नुपर्ने निर्माताको मागमा छलफल गर्न मंगलबार बैठक बस्ने बताइएको छ।

प्रकाशित मिति: १८:२९ बजे, बिहीबार, कात्तिक ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्