Kathmandu Press

तास र लङ्गुरबुर्जा खेल्ने १३३ समातिए, २१ लाख बरामद

कात्तिक ११ गतेदेखि ३० गतेसम्म काठमाडौंको १२, भक्तपुरको २ र ललितपुरको २ ठाउँबाट गरी १३३ जना समातिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
तास र लङ्गुरबुर्जा खेल्ने १३३ समातिए, २१ लाख बरामद

काठमाडौं, कात्तिक ३० : प्रहरीले गत २० दिनको अवधिमा तास र लङ्गुरबुर्जा खेलिरहेको अवस्थामा १३३ जनालाई नियन्त्रणमा लिएको छ।

कात्तिक ११ गतेदेखि ३० गतेसम्म काठमाडौंको १२, भक्तपुरको २ र ललितपुरको २ ठाउँबाट गरी १३३ जना समातिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

उनीहरुको साथबाट २१ लाख ७१ हजार ३३५ रुपैयाँ रकम बरामद भएको कार्यालका एसएसपी दिनेश मैनालीले जानकारी दिए । ११ देखि ३० कात्तिकसम्म कौडाको खालबाट प्रहरीले १२ लाख ९१ हजार ५५० रुपैयाँ बरामद गरेको छ।

काठमाडौंको एक र ललितपुरको एक ठाउँ गरी दुई ठाउँबाट ३२ जना पक्राउ परेका एसएसपी न्यौपानेले जानकारी दिए।

यो अवधिमा ६९ बुक तास, २० हजारको चेक प्रहरीले बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले यस अवधिमा पटाका पड्काएको आरोपमा ८ जनालाई नियन्त्रणमा लिएको छ र ३४४ प्याकेट पटाका बरामद गरेको छ।

प्रकाशित मिति: १८:११ बजे, बिहीबार, कात्तिक ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्