Kathmandu Press

कोरोना भाइरसका कारण ‘सगरमाथा सम्वाद’ कार्यक्रम स्थगित

काठमाडौं, फागुन १९ :  सरकारले सगरमाथा सम्वाद कार्यक्रम स्थगित गरेको छ। 

सोमबार परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन गरी पररा....

कोरोना भाइरसका कारण ‘सगरमाथा सम्वाद’ कार्यक्रम स्थगित

काठमाडौं, फागुन १९ :  सरकारले सगरमाथा सम्वाद कार्यक्रम स्थगित गरेको छ। 

सोमबार परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन गरी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चैतमा गर्ने तय भएको सगरमाथा सम्वाद कार्यक्रम स्थगित गरिएको जानकारी दिएका हुन्। 

यसअघि सरकारले अप्रिल २ देखि ४ सम्म पहिलो पटक सगरमाथा सम्वाद गर्ने निर्णय गरेको थियो। हरेक दुई वर्षमा गर्ने गरी अघि सारिएको कार्यक्रम विश्वभर फैलिएको कोरोना भाइरसका कारण तत्कालका लागि स्थागित भएको मन्त्री ज्ञवालीले जानकारी दिए।  

सरकारले हासिल गरेका उपलब्धीलाई विश्वसामू पुर्‍याउने मुख्य उद्देश्यका साथ सगरमाथा सम्वाद कार्यक्रम अघि सारेको थियो।।
 

प्रकाशित मिति: १६:०८ बजे, सोमबार, फागुन १९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्