Kathmandu Press

भारतको जम्मु–कश्मीरमा बस दुर्घटना हुँदा ३६ यात्रुको मृत्यु, १९ जना घाइते

यात्रु बस शतप्रतिशत क्षतिग्रस्त भएको छ भने बसभित्र चेपिएका कतिपय यात्रुलाई बस काटेर उध्दार गरिएको थियो।
भारतको जम्मु–कश्मीरमा बस दुर्घटना हुँदा ३६ यात्रुको मृत्यु, १९ जना घाइते

काठमाडौं, कात्तिक २९ : भारतको जम्मु–कश्मीरको डोडा जिल्लाको अस्सार क्षेत्रमा आज एक यात्रु बस तीनसय फिट गहिरो खोंचमा खसेको छ।

यो घटनामा ३६ यात्रुको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। यीमध्ये छ जनको अवस्था गम्भीर रहेको स्थानीय अस्पताले  जनाएको छ।

यात्रु बस किश्तवाड भन्ने ठाउँबाट जम्मू गइरहेको थियो। प्रहरी र एसडिआरएफको टिमले स्थानीय वासिन्दाको सहयोेगमा उध्दार र उपचारको काम गरेका थिए।

सो यात्रु बस शतप्रतिशत क्षतिग्रस्त भएको छ भने बसभित्र चेपिएका कतिपय यात्रुलाई बस काटेर उध्दार गरिएको थियो।

घाईतेहरुलाई स्थानीय किश्तवाड़ जिल्ला अस्पताल र डोडाको सरकारी मेडिकल कलेजमा भर्ना गरिएको छ । गम्भीर घाईतेलाई हेलिकोप्टरबाट आकस्मिक उपचार गर्न अन्यत्र लगिएको प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यम दैनिक भास्करको अनलाईन संस्करणले जनाएको छ।

बसमा ५५ जना यात्री सवार थिए।

प्रधानमन्त्री नरेन्द्र मोदीले डोडा बस दुर्घटनामा ज्यान गुमाएका यात्रुका परिवारलाई २ लाख रुपैंयाँ र घाईतेलाई  ५० हजार रुपैंयाँ सहयोग दिने घोषणा गरिसकेका छन्।  
 

प्रकाशित मिति: १९:५३ बजे, बुधबार, कात्तिक २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्