Kathmandu Press

मधेशमा ‘भरदुतिया’ मनाइँदै, छठ पर्व आजैदेखि सुरु

भाइटीका जस्तै मधेशमा भरदुतिया मनाउने परम्परा छ। यस पर्वमा भाइटीका भन्दा केही विधि भने फरक छ। यस पर्वलाई भाइदुज, भरदुतिया, भ्रातृद्वितीया पनि भन्ने गरिन्छ।
मधेशमा ‘भरदुतिया’ मनाइँदै, छठ पर्व आजैदेखि सुरु

जनकपुरधाम, कात्तिक २९ : मधेशमा ‘भरदुतिया’ पर्व मनाइँदै छ।

भाइटीका जस्तै मधेशमा भरदुतिया मनाउने परम्परा छ। यस पर्वमा भाइटीका भन्दा केही विधि भने फरक छ। यस पर्वलाई भाइदुज, भरदुतिया, भ्रातृद्वितीया पनि भन्ने गरिन्छ।

दिदीबहिनीले दाजुभाइको गलामा मखमली माला र निधारमा सप्तरंगी टीका लगाइदिएपछि दाजुभाइले दिदीबहिनीलाई नगद, कपडा लगायतका उपहार दिन्छन् । यस दिन दाजुभाइ दिदीबहिनीको घरमा भार (मिठो पकवानसहितका सनेस) लिएर पुग्ने चलन छ।

भरदुतियामा दिदीबहिनीले घरआँगन लिपेर चोख्याउँछन्। आँगनमा पिर्का राखेर त्यसमाथि अरिपन बनाएर सिन्दूरको थोपा लगाइन्छ।

Photo-1700046984.jpg

दिदीबहिनीले दाजुभाइको गोडा पानीले धोइदिन्छिन् र अरिपन दिएको पिर्कामा बसाउँछन् । त्यसपछि दाजुभाइको अञ्जुलीमा पानको पात, सुपारी, फलफूल राखिदिन्छन् । अनि पानी चुहाउँदै परिक्रमा गर्छन् जसलाई न्यौत दिनु भनिन्छ।

त्यसपछि दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरंगी टीका र माला लगाइदिएर दीर्घायुको कामना गर्छन्। दाजुभाइले पनि दिदीबहिनीलाई गच्छे अनुसार रुपैयाँ, गरगहना, लुगा उपहार दिने चलन छ।

आजकै दिनबाट छठ पर्वको आरम्भ भएको मानिन्छ।

 

प्रकाशित मिति: १७:०३ बजे, बुधबार, कात्तिक २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्