Kathmandu Press

अञ्जली दिदीले २०८ जनालाई लगाइदिइन् भाइटीका

टीका लगाउन नपाएका र दिदीबहिनी नभएकाहरुलाई २०५५ देखि भाइटीका लगाइदिँदै आएकी मास्केले यसपटक २०८ जनाको लागि तयारी गरेको र सबै सामग्री सकिएको बताइन्।
अञ्जली दिदीले २०८ जनालाई लगाइदिइन् भाइटीका

काठमाडौं, कात्तिक २९ : अन्जली मास्केले काष्ठमाण्डपमा २०८ जनालाई भाइटीका लगाइदिएकी छन्।

दिदीबहिनीको हातको टीका लगाउन नपाएका र दिदीबहिनी नभएकाहरुलाई २०५५ देखि भाइटीका लगाइदिँदै आएकी मास्केले यसपटक २०८ जनाको लागि तयारी गरेको र सबै सामग्री सकिएको बताइन्।

‘२ सय ८ जनाको लागि टीकाको तयारी गरेकी थिए । सबै सामग्री सकियो। यस पटक २ सय ८ जना दाजुभाइले टीका लगाउनु भएको छ,’ उनले भनिन्।

आफूले यही स्थानमा निरन्तर २५ वर्षदेखि सामूहिक भाइटीका लगाइदिँदै आएको जानकारी दिँदै दिदीले यस वर्ष पनि उही सम्मान, माया र निःस्वार्थ भावले टीका लगाइदिन पाउँदा अत्यन्त खुसी भएको बताइन्।

अञ्जली दिदीले २५ वर्षसम्म निरन्तर आफूसँग तिहारको टीका लगाउने दाजुभाइलाई विशेष उपहार प्रदान गरेकी थिइन्।

मास्केका हातबाट टीका लगाउन नेपाली र विदेशीको सहभागिता थियो।

 

प्रकाशित मिति: १६:५० बजे, बुधबार, कात्तिक २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्