Kathmandu Press

राष्ट्रपतिले दुई बहिनीहरूसँग टीका लाउने

राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टिका लगाउने भएका छन्।
राष्ट्रपतिले दुई बहिनीहरूसँग टीका लाउने

काठमाडौं, कात्तिक २९ : राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टिका लगाउने भएका छन्।

राष्ट्रपति पौडेलले आज बुधबार बिहान १० बजेर ५१ मिनेटको साइतमा दुइजना बहिनीहरूका हातबाट टीका लाउने उनको सचिवालयले जनाएको छ।

नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको छ।

भाइटीकाको उत्तम साइत बिहान १०ः५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिने पञ्चांग निर्णायक समितिले जनाएको छ।

 

प्रकाशित मिति: ०७:५८ बजे, बुधबार, कात्तिक २९, २०८०