पत्नी वियोगमा प्रधानमन्त्रीले भाइटीका नलगाउने
प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी शोकमा परेका कारण यसपटक बालुवाटार निवासमा देउसी भैलो कार्यक्रम समेत आयोजना भएन।
काठमाडौं, कात्तिक २९ : प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा यसपटकको यस वर्षको तिहार सुनसान नै बित्ने भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी शोकमा परेका कारण यसपटक बालुवाटार निवासमा देउसी भैलो कार्यक्रम समेत आयोजना भएन।
त्यहाँ भाइटीकाको कुनै औपचारिक कार्यक्रम नुहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
गत असार २७ मा प्रधानमन्त्री दाहालकी धर्मपत्नी सीता दाहालको निधन भएको थियो।
प्रकाशित मिति: ०७:३३ बजे, बुधबार, कात्तिक २९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार