आज केही ठाउँमा सामान्य हिमपातको सम्भावना
आजको दिन सामान्यतया मौसम सफा रहने भए पनि उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौं, कात्तिक २९ : यसपटक तिहारको मुख्य दिन आज मौसम सामान्यतया राम्रो हुने भएको छ।
आजको दिन सामान्यतया मौसम सफा रहने भए पनि उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँका एक–दुई स्थानमा सामान्य हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: ०७:०३ बजे, बुधबार, कात्तिक २९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार