Kathmandu Press

टिकटक बन्द नगरे इन्टरनेट सेवा प्रदायकलाई कारबाही गरिने

प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै मन्त्रिपरिषद्‌ले सोमबार गरेको निर्णय कार्यान्वयन गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको हो ।
टिकटक बन्द नगरे इन्टरनेट सेवा प्रदायकलाई कारबाही गरिने

काठमाडौं, कात्तिक २८ : सामाजिक सञ्जाल टिकटक बन्द नगरे इन्टरनेट सेवा प्रदायकलाई नेपाल दूरसञ्चार प्राधिकरणले कारबाही गर्ने चेतावनी दिएको छ ।

प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै मन्त्रिपरिषद्‌ले सोमबार गरेको निर्णय कार्यान्वयन गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको हो ।

Hardik ivf

प्राधिकरणको निर्देशनरआदेशको पालना गर्नु इन्टरनेट सेवा प्रदायकको कर्तव्य हुने भन्दै उसले निर्देशन पालना नगरे दूरसंचार ऐन, २०५३ को दफा ४७ बमोजिम प्राधिकरणबाट कारबाही हुने पनि जनाएको छ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको भन्दै प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

प्राधिकरणले दूरसंचार ऐन, २०५३ अनुसार सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई निर्देशन दिइसके पनि केही सेवा प्रदायकको नेटवर्कबाट टिकटकमा अझै चलिरहेको भन्दै तत्काल बन्द गर्न निर्देशन दिएको हो।

 ‘निर्णय भएको चौबीस घण्टापछि पनि टिकटक सञ्चालनमा आइरहेको देखिएकाले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई पुनस् ताकेता गरिएको छ । निर्देशन नमान्नेलाई हामी कारबाही गर्छौं,’ प्रधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भने।

प्रकाशित मिति: १८:२३ बजे, मंगलबार, कात्तिक २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्