नेपाल संवत्लाई देशव्यापी प्रयोगमा ल्याउन बालेनको आग्रह
साहले महानगरपालिकाले आफ्नो क्यालेन्डरमा यो संवतलाई प्रचलनमा ल्याएको भन्दै देशव्यापी रुपमा पनि प्रयोगमा ल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन्।
काठमाडौं, कात्तिक २८ : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपाल संवत्लाई देशभरी प्रयोगमा ल्याउन पहल गरिदिन सरकारसंग आग्रह गरेका छन्।
वसन्तपुरमा आयोजित नेपाल संवत् ११४४ विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मेयर साहले महानगरपालिकाले आफ्नो क्यालेन्डरमा यो संवतलाई प्रचलनमा ल्याएको भन्दै देशव्यापी रुपमा पनि प्रयोगमा ल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन्।
‘काठमाडौं महानगरपालिकाले चै यो संवतलाई अफिसियलरुपमा हाम्रो नोटिसहरुमा हाम्रो कागजातमै प्रयोग गर्ने गरेकोले यो राष्ट्रिय रुपमा देशभरी नै यो संवतलाई प्रयोग गरिदिनु हुन पनि अनुरोध गर्दछु,’ उनले भने ‘अर्को वर्षसम्म आईपुग्दा नेपाल संवत चै राष्ट्रिय रुपमै प्रयोग हुनेछ आशा राखेको छु।’
प्रकाशित मिति: १६:३३ बजे, मंगलबार, कात्तिक २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











