Kathmandu Press

काठमाडौँमा जुवाको खालबाट २२ जना पक्राउ, जुवाडे छुटाउन गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्मको दबाब

उनले हाइप्रोफाइल भनिएका व्यक्तिहरुको थप विवरण भने खुलाउन चाहेनन् । पक्राउ पर्नेमा प्रहरी हाकिमका आफन्त समेत रहेका छन्।
काठमाडौँमा जुवाको खालबाट २२ जना पक्राउ, जुवाडे छुटाउन गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्मको दबाब

काठमाडौं, कात्तिक २८ : काठमाडौंमा जुवाको खालबाट हाइप्रोफाइल व्यक्तिहरु पक्राउ परेका छन्। पक्राउ पर्नेमा  गैरआवासीय नेपाली संघमा आबद्ध २ जना अभियन्तासमेत छन्।

यस्तै नागार्जुन नगरपालिकास्थित इचंगुनारायण सामुदायिक संस्थाका अध्यक्ष प्रताप दानी पनि पक्राउ परेका छन्।

जुवा खेलिरहेका २२ जनालाई प्रहरीले पक्राउ गरेको हो। राजधानीको ठूलो भर्याङ क्षेत्रबाट पक्राउ परेका उनीहरुको साथबाट ४ लाख ९२ हजार नगद समेत बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीले जानकारी दिए।

हाइप्रोफाइल व्यक्तिहरु पक्राउ परेकाले उनीहरुलाई छाड्न तीव्र दवाव आइरहेको बताइएको छ।

प्रहरी वृत्त स्वयम्भूको टोलीले पक्राउ गरेको र हाइप्रोफाइल भएकैले छाड्न तीव्र दवाव आइरहेको ती अधिकारीको भनाइ छ। उनले हाइप्रोफाइल भनिएका व्यक्तिहरुको थप विवरण भने खुलाउन चाहेनन् । पक्राउ पर्नेमा प्रहरी हाकिमका आफन्त समेत रहेका छन्।

पक्राउ पर्नेहरू अम्बिर अधिकारी, नवराज तामाङ, सरोज अधिकारी, श्याम बाबु, टेक बहादुर कार्की, संजय मडहरी, कुमार खड्का, लोक बहादुर बोहोरा, चित्र तामाङ, विष्णु लाल लामा, लोप्साङ लामा, विशाल तामाङ, विकास खत्री छन्।

यस्तै, प्रहरील् राजु जि.सी, लोक बहादुर तामाङ, निर बहादुर वाइबा, केशव राज अधिकारी, भुवन दाहाल, राम बहादुर लामा, प्रताप दानी, लोक बहादुर श्रेष्ठ र भरत बोहरालाई पनि पक्राउ गरेको छ।

 

प्रकाशित मिति: १५:५९ बजे, मंगलबार, कात्तिक २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्