मौलिकता र राष्ट्रिय आत्मसम्मान पहिलो प्राथमिकता : प्रधानमन्त्री
उनले मौलिकता र राष्ट्रिय आत्मसम्मानका लागि गरिएका सरकारी निर्णय कार्यान्वयनमा लाग्ने प्रतिबद्धता जनाए ।
काठमाडौं, कात्तिक २८ : प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कामकाजमा नेपाल संवत उल्लेख गर्ने निर्णय ऐतिहासिक भएको भन्दै सरकारले त्यसलाई कार्यान्वयन गरेरै छोड्ने प्रतिबद्धता जनाएका छन्।
बसन्तपुरमा आयोजित नेपाल संवत् ११४४ को विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले मौलिकता र राष्ट्रिय आत्मसम्मानका लागि गरिएका सरकारी निर्णय कार्यान्वयनमा लाग्ने प्रतिबद्धता जनाए।
‘हामी हाम्रो मौलिकता, हाम्रो इतिहास हाम्रो राष्ट्रिय आत्मसम्मान र भावनालाई हामीले निरन्तर अगाडि बढाउनु छ । नेपाल संवत्लाई राष्ट्रिय संवत् । शंखधर साख्वालाई राष्ट्रिय विभूति मान्नु र यसलाई कार्यान्वयन गर्ने निर्णय हामीले गर्र्दै अगाडि बढेका छौँ,’ उनले भने।
नेपालका मौलिक संस्कृतिले नेपाललाई अन्तराष्ट्रियकरण गर्नसमेत महत्वपूर्ण भूमिका खेलेको उनको भनाई छ।
यसले नेपालको राष्ट्रिय एकता अझ मजबुत भूमिका खेलेको छ। नेपालको मौलीकता र संस्कृति विश्वव्यापीरुपमा सन्देश दिन पनि भूमिका खेलेको छ।











