Kathmandu Press

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट भाइटीका लगाउने

राष्ट्रपति पौडेलले विहान बुधबार बिहान १० बजेर ५१ मिनेटमा बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट टिका र आर्शिवाद लिने राष्ट्रपतिको सचिवालयले जनाएको छ।
राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट भाइटीका लगाउने

काठमाडौं, कात्तिक २८  : राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टिका लगाउने भएका छन्।

राष्ट्रपति पौडेलले विहान बुधबार बिहान १० बजेर ५१ मिनेटमा बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट टिका र आर्शिवाद लिने राष्ट्रपतिको सचिवालयले जनाएको छ।

नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको छ।

भाइटीकाको उत्तम साइत बुधबार बिहान १०ः५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिने पञ्चांग निर्णायक समितिले जनाएको छ ।

प्रकाशित मिति: १२:११ बजे, मंगलबार, कात्तिक २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्