Kathmandu Press

जनकपुरमा रेलले किचेर एक जनाको मृत्यु

धनुषाको विदेह नगरपालिकाको बैदेही स्टेशनस्थित रेल्वे लीकमा उनलाई ट्रेनले किचेको धनुषा प्रहरीले जनाएको छ।
जनकपुरमा रेलले किचेर एक जनाको मृत्यु

जनकपुरधाम, कात्तिक २८ : जनकपुरधामबाट जयनगर जाँदै गरेको रेलले किचेर एकजनाको ज्यान गएको छ।

नेपाल रेल्वेको ट्रेनले उनको दुवै खुट्टा छुट्निे गरी काटेको छ। अन्दाजी ५० वर्षका पुरुषको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

धनुषाको विदेह नगरपालिकाको बैदेही स्टेशनस्थित रेल्वे लीकमा उनलाई ट्रेनले किचेको धनुषा प्रहरीले जनाएको छ।

ट्रेन विहान ८ः३० बजे जनकपुरबाट भारतको जयनगरको लागि छुटेको थियो। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

 

प्रकाशित मिति: १२:१० बजे, मंगलबार, कात्तिक २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्