Kathmandu Press

आज र भोलि हिमाली क्षेत्रमा सामान्य हिमपात

पश्चिमी वायुको सामान्य प्रभाव रहेको कारण मौसममा केही बदली भइरहेपनि आज र भोलि भने सामान्य हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज र भोलि हिमाली क्षेत्रमा सामान्य हिमपात

काठमाडौं, कात्तिक २८ : यसपटकको तिहारको मौसम सामान्यतया राम्रो हुने भएको छ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको कारण मौसममा केही बदली भइरहेपनि आज र भोलि भने सामान्य हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज मंगलबार र भोलि (बुधबार) भाइटीकाको दिन सामान्यतया मौसम सफा रहने भए पनि उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मंगलबार र बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हिमपात हुने र देशभरिको तापक्रम क्रमिक रूपमा घटिरहेको हुनाले त्यसबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनसमेत अपिल गरिएको छ।

 

प्रकाशित मिति: ०९:२४ बजे, मंगलबार, कात्तिक २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्