Kathmandu Press

टिकटक बन्द गर्ने निर्णय गलत, बन्द होइन नियमन गर्नुपर्छ : सभापति लामिछाने

सोमबार सरकारले टिकटक बन्द गर्ने निर्णय गरेसँगै सामाजिक सञ्जालमा लेख्दै उनले बन्द होइन नियमन गर्नुपर्ने बताएका हुन्।
टिकटक बन्द गर्ने निर्णय गलत, बन्द होइन नियमन गर्नुपर्छ : सभापति लामिछाने

काठमाडौं, कात्तिक २७ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक सञ्जाललाई बन्द गर्ने नभई नियमन गर्नुपर्ने बताएका छन् ।

सोमबार सरकारले टिकटक बन्द गर्ने निर्णय गरेसँगै सामाजिक सञ्जालमा लेख्दै उनले बन्द होइन नियमन गर्नुपर्ने बताएका हुन्।

‘सामाजिक सञ्जाललाई नियमन गर्ने हो, बन्द गर्ने होइन । समस्या कन्टेन्टको हो, प्लेटफर्मको होइन । अराजकता अभिव्यक्तिमा होला, माध्यमको के दोष ? टिकटकका कयौं युजर र कन्टेन्ट खराब छन् तर सबै युजर र कन्टेन्ट खराब छैनन्,’ उनले लेखेका छन्, ‘प्राविधिक रुपमा खराबलाई कन्ट्रोल गर्न सकिन्छ । टिकटकमा हालेको भिडियो रिलमा हाल्न मिल्छ, इन्स्टामा हाल्न मिल्छ, फेसबुकमा हाल्न मिल्छ । के सबै प्लेटफर्म बन्द गर्दै जाने हो त?’

अध्यक्ष लामिछान् यस्तो निर्णय गर्ने सत्ताधारी दलकै कयौं नेताहरु भ्रष्ट भएको आरोप लगाए।

‘यो निर्णय गर्ने सत्ताधारी दलकै कयौं नेताहरु भ्रष्ट होलान्। के अब पार्टी नै बन्द गरिदिने हो त ? मूलधारले ढोका बन्द गरेका कयौंं प्रतिभाहरु सामाजिक सञ्जालबाट उदाए, मूलधारले लुकाएका कयौं समाचार सामाजिक सञ्जालले उजागर गरे,’ उनले भने।

सामाजिक सञ्जालले फैलाएका कयौं अफवाहलाई मूलधारले फेक प्रमाणीकरण गरेको बताउँदै उनले आजको युगमा सोसल मिडियाको  बिकल्प सुधारिएको, अनुशासशित सोसल मिडिया भएको उनले बताए।

उनले सत्ताधारी दलकै जिम्मेवार पदाधिकारीहरुको विरोधको अर्थ नबुझेको भन्दै के यो निर्णय माओवादी केन्द्रको मात्रै हो ? भन्दै प्रश्न गरे।

प्रकाशित मिति: १८:३४ बजे, सोमबार, कात्तिक २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्