टिकटकमाथि रोक लगाउने सरकारको निर्णय
टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन्।
काठमाडौं, २७ कात्तिक : सरकारले सामाजिक सञ्जाल टिकटकमाथि रोक लगाउने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको हो। टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन्।
टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जाने भएको छ। टिकटिक बन्द गर्ने सरकारको निर्णयपछि पक्ष र विपक्षमा दुबैथरी प्रतिक्रया आइरहेको छ।
प्रकाशित मिति: १५:३३ बजे, सोमबार, कात्तिक २७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











