Kathmandu Press

यसरी गरियाे पशुपतिमा गाईपूजा [फाेटाेफिचर]

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ। 
यसरी गरियाे पशुपतिमा गाईपूजा [फाेटाेफिचर]

काठमाडौँ, कात्तिक २७ : कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाई, गोरु र कृषकको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ। 

_58W4630-1699855286.JPG

गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ। गाई तिहारको अवसरमा आज काठमाडौंको पशुपति क्षेत्रमा रहेको नन्दी सेवा स्थल र पशुपति  परिसर  मा रहेको राम। मन्दिर मा  गाई गोरुको पूजा गरियो। 

Hardik ivf

_58W4661-1699855284.JPG

यस्तै, सर्वसाधरणहरु जनैपूर्णिमामा हातमा बाँधिएको डोरो गाईको पुच्छरमा बाँध्न पुगेका थिए। उक्त डोरो मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ।

_58W4587-1699855282.JPG

_58W4604-1699855282.JPG

_58W4426-1699855280.JPG

_58W4566-1699855280.JPG

_58W4545-1699855279.JPG

 

प्रकाशित मिति: ११:५३ बजे, सोमबार, कात्तिक २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्