Kathmandu Press

लक्ष्मीपूजा गर्ने क्रममा आगाेले जलेर भक्तपुरमा वृद्धाको मृत्यु

लक्ष्मीपूजा गर्ने क्रममा आगाेले जलेर भक्तपुरमा वृद्धाको मृत्यु

काठमाडौं, कात्तिक २७ : लक्ष्मीपूजा गर्ने क्रममा आगलागी हुँदा भक्तपुरको लोकन्थलीमा एक वृद्धाको मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार आफ्नै घरमा पूजा गर्ने क्रममा  मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीकी ८३ वर्षीया साबित्रीदेवी दाहालको आगलागी भई मृत्यु भएको हो।

आइतबार साँझ साढे पाँच बजे पूजा गर्ने क्रममा कपडामा आगो सल्किएपछि उनी आत्तिएर बैठक कोठामा पुगेर लडेकी थिइन्। ८५ वर्षीय पति गुरु दाहालले आगो निभाए पनि वृद्धाको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ।

उनको शव पोष्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज दुवाकोट पठाइएको छ। घटनाको अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: ११:०६ बजे, सोमबार, कात्तिक २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्