राष्ट्रपति पौडेलले गरे गाईपूजा
यमपञ्चकको तेस्रो दिन परेको गाईतिहारे औंसीमा गाईलाई देवी लक्ष्मीको प्रतीकस्वरूप विधिविधान सहित पूजा गर्ने परम्परा चलिआएको छ। राष्ट्रपति पौडेलले शीतल निवासमा गाईको पूजा गरेपछि गाईलाई भोजन गराए।
काठमाडौं, कात्तिक २७ : कार्तिक कृष्ण औँसीका अवसरमाराष्ट्रपति रामचन्द्र पौडेललेआज बिहानगाईको पूजा गरेका छन् ।
यमपञ्चकको तेस्रो दिन परेको गाईतिहारे औंसीमा गाईलाई देवी लक्ष्मीको प्रतीकस्वरूप विधिविधान सहित पूजा गर्ने परम्परा चलिआएको छ। राष्ट्रपति पौडेलले शीतल निवासमा गाईको पूजा गरेपछि गाईलाई भोजन गराए।
श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षासूत्र (डोरो) गाईतिहारकै दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ। यसो गर्दा मृत्युपछि ‘वैतरणी’ पार गर्न सहज हुने लोकविश्वास छ।
गाईलाई आमा सरह मानेर हिन्दुहरुले पुज्ने गर्दछन्। गाई नेपालको राष्ट्रिय जनावर पनि हो।
प्रकाशित मिति: १०:४१ बजे, सोमबार, कात्तिक २७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार